१२ कार्तिक २०८३, बिहिबार

राजधानीमा इन्धन कालोबजारी गर्ने महिलासहित तीन पक्राउ

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Pakrauकाठमाडौँ, ११ मंसिर । बढी मूल्यमा पेट्रोल र मट्टितेल बिक्री गर्ने नागार्जुन नगरपालिका–५ बस्याल टोल डेरा गरी बस्ने पर्सा घर भएका ५० बर्षीय पल्टा चौधरी र १७ बर्षीया रेखा लोप्चनलाई प्रहरीले पक्राउ गरेको छ ।

उनीहरुले पेट्रोल र मट्टितेल ल्याई बढी मुल्यमा बिक्री बितरण गरिरहेको भन्ने खवर प्राप्त हुनासाथ प्रहरी बृत्त स्वयम्भुबाट खटिएको प्रहरी टोलीले विहिबार २ सय ५० लिटर पेट्रोल र ९० लिटर मट्टितेल सहित पक्राउ गरेको हो ।

यसैगरी अनुमती बिना इन्धन ल्याउने ग.१ ख ३००८ नम्बरको मिनी टाटाका चालक दोलखा दुधपोखरी घर भएका २९ बर्षीय नबराज घलानलाई प्रहरीले पक्राउ गरेको छ ।

दक्षिणकाली नगरपालिका स्थित प्रहरी चौकी चाल्नाखेल अगाडी प्रहरीले चेक जाँच गर्ने विहिबार राति मिनिटाटा चेकजाँच गर्दा अनुमती बिना २ हजार २ सय लिटर डिजेल ल्याएको अवस्थामा फेला परेको थियो ।

निजले उक्त डिजेल भक्तपुर बागमती माता एण्ड फिक्स ईट्टा उद्योगलाई ल्याएको खुल्न आएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।