१३ कार्तिक २०८३, शुक्रबार

एकै घरका चार बालबालिका हराए

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

muguमुगु, ११ मङ्सिर । सदरमुकामदेखि दुई दिन टाढा रहेको ह्याङ्लु गाविस वडा नं ६ रिगा गाउँमा एकै घरका चारजना बालबालिका तीन दिनदेखि हराइरहेका छन् ।

ह्याङ्लु गाविसको रिगा गाउँ निवासी नन्दबहादुर रोकायाका नौ वर्षीया सुन्तली, चार वर्षीया विपना, छ वर्षीय छोरा युवराज र दुई वर्षीय दिप ९ गते दिउँसोदेखि हराएका हुन् ।

हराएका बालबालिकाकी आमा दिउँसो मेलामा घाँस काट्न गएको र बाबु गाउँमै गाउँलेको भतेर खान गएका बेला घरमा रहेका चारैजना बालबालिका बेपत्ता बनेका हुन् । बाबुआमा घरमा आउँदा चारैजना छोराछोरी नभएपछि गाउँमा खोजी गरिएको र कतै नभेटिएपछि गाउँदेखि आधा घन्टा टाढा रहेको प्रहरी चौकीलाई सम्पर्क गरेका थिए ।

जिप्रकाका प्रहरी नायब उपरीक्षक सोमबहादुर थापाका अनुसार बुधबारदेखि हराएका ती बालबालिकाको खोजी गर्न प्रहरी चौकी सुकाढिकबाट सहायक निरीक्षक र इलाका प्रहरी कार्यालयका प्रहरी नायब निरीक्षकलाई खटाइएको छ । रासस