१ कार्तिक २०८३, शनिबार

नेपालमा भूकम्पका बेला पालभित्र चार सय महिलामाथि हिंसा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

sutkeri_women
फाइल तस्वीर

काठमाडौँ, ११ मङ्सिर । महिला पुनःस्थापना केन्द्र (ओरेक)ले भूकम्पका बेला करिब ४०० महिला हिंसामा परेको जनाएको छ ।

भूकम्पका बेला घरबाहिर शिविरमा बसेका बेला महिलामाथि हिंसा हुने गरेको ओरेकले बताएको छ । ओरेकका कोषाध्यक्ष जया लुइँटेलले भन्नुभयो – “भूकम्पका बेला महिलामाथि भएका हिंसाबारे संस्थामा दर्ता हुन आएका यी घटना हुन् । बाहिर नआएका घटना अझै धेरै हुन सक्छन् ।”

लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान चलिरहँदा ओरेकले सार्वजनिक गरेको आफ्नो पुस्तक ‘अन्वेषी’ मा तराईका ८२.३ प्रतिशत महिला हिंसामा पर्ने गरेको उल्लेख छ । यसैगरी, पहाडका १३ प्रतिशत र हिमालका ०.२ प्रतिशत महिला हिंसामा परेको अध्ययनले देखाएको छ । “यसको मतलव हिमालका महिलामाथि हिंसा नभएको भने हैन” उहाँले भन्नुभयो –“हिमालका महिलालाई हिंसाबारे नै जानकारी छैन त्यसैले बाहिर आउन सकेको छैन ।”

राष्ट्रिय महिला आयोगका कार्यबाहक अध्यक्ष मनु हुमागार्इंले भने कोही पनि महिलाले हिंसा सहनु नपरोस् र हिंसामा परेका महिलाले पनि न्याय पाउन सकुन् भनेर नै यो अभियान चलाइरहेको बताउनुभयो ।

बुधबारदेखि सुरु भएको सो अभियान विभिन्न ४० सङ्घसंस्थाले महिला हिंसाविरुद्ध जनचेतनात्मक कार्यक्रम गर्दै मनाइरहेका छन् । रासस