३० आश्विन २०८३, शुक्रबार

आमिर खानले ‘देश छाड्ने’ भनेपछि महिला फ्यानले आत्महत्या गरिन्

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

aamir-khan

मुम्बई । भारत सरकार प्रधानमन्त्री नरेन्द्र मोदीको विरोध गर्दै बलिउड अभिनेता आमिर खानले भारतमा बढ्दो असहिष्णूताले देश छाड्ने घरसल्लाह भएको बताएपछि उनी निकै विवादमा तानिएका छन् ।

उनकै कारण एक महिला फ्यानले आफ्नो प्राण समेत त्यागेकी छिन् । अहिले आमिरको बयानले कोही उनको पक्षमा छन् त कोही विपक्षमा । यसैक्रममा मध्य प्रदेशको जबलपुरमा आमिरको पक्ष लिँदै एक महिला फ्यानले आत्महत्या गरेकी हुन् । आमिरको बयानलाई लिएर श्रीमान श्रीमतीबीचको विवादले खतरनाक रुप लियो, जहाँ श्रीमतीले आत्महत्या नै गरिन् ।

भारतीय सञ्चारमाध्यमका अनुसार शहरको कोतवाली थाना क्षेत्रको उखरी पावर हाउसमा एक रिटायर्ड पशु चिकित्सक डा. आरपी पाण्डे आफ्नो परिवारसँग बस्छन् । २४ जून, २०१२ मा उनका छोरा मयंक पाडेको विवाह सोनम पाण्डेसँग भएको थियो । बुधवार विहान उनका छोरा र बुहारीबीच आमिर खानले असहिष्णुताबारे दिएको बयानमा बहस सुरु भयो । उनकी बुहारी आमिरकी धेरै ठूलो फ्यान थिईन्, त्यसकारण उनी आमिरको बारेमा गलत बोलेको सहन सक्दैनथिन ।

परिवारका अनुसार यो बहसबाट विक्षिप्त भएर उनकी बुहारी सोनमले आफ्नो कोठामा गएर विष सेवन गरी गरिन, त्यसपछि उनी चिच्याईन् । जहाँ परिवार पुग्दा उनी छट्पटाइरहेकी थिईन् । उनलाई तुरुन्तै अस्पताल लगियो, जहां उनको मृत्यु भयो । कोतवाली थाना प्रमुख प्रफुल्ल श्रीवास्तवले शवको पोस्टमार्टम गरिएको बताए । घटनाको थप अनुसन्धान भइरहेको छ ।