– शम्भू शनी
कपिलवस्तु, १० मंसिर । कम्बोडियाबाट आएका करिब २ सय ४० बुद्ध धर्माबलम्बीले आज कपिलवस्तुमा रहेका बिभिन्न बुद्धस्थलमा पुजा प्रार्थना गरेका छन ।
कम्बोडियाको राजधानी नोम्पेन स्थित बाट बटुम बटाई गुम्बाका प्रमुख भन्ते पोई मेताको नेतृत्वमा सो टोली नेपाल आएको हो । दुई सय चालिस बढि कम्बोडियन बौद्ध धर्माबलम्बी सो समुहमा ६ वटा ठुलो बसमा आएका थिए । नेपाल आएका उनिहरुले कपिलवस्तु जिल्लामा रहेको प्राचिन तिलौराकोट दरबारको मुख्य दरबार क्षेत्रमा पुजा प्रार्थना र अवलोकन गरेका थिए ।
सो पश्चात उनिहरु राजा शुद्धोधन र रानी मायादेबीका समाधिमा निर्मित गरिएको भनिएका धमनिहवाका जोडी स्तुप पुगेका थिए । कुदानमा पुगी उनिहरुले आफनै भाषामा पुजा प्रार्थना गरेका थिए । जिल्लाका सबै जसो प्रमुख बौद्धस्थलमा उनिहरुले बुद्ध परम्परा अनुसार सामुहिक प्रार्थना र पुजा गरेका छन । भ्रमण टोली लाई प्रमुख गुरु मेहथाले बुद्ध र बुद्धस्थलहरु मा प्रार्थना गराएका थिए । प्रचिन तिलौराकोट दरबार गौतम बुद्धका बाबु राजा शुद्धोदनको दरबार हो । जहाँ गौतम बुद्धले ज्ञान प्राप्त गर्नु अघी आफनो जिवनको २९ बर्ष बिताएका थिए ।
त्यस्तै निग्रोधराम (कुदान) गौतम बुद्धले आफना छोरा राहुललाई भिक्षु बनाएको स्थानको रुपमा परिचित छ । कम्बोडियन प्रमुख गुरु मेहथाले प्रतिक्रिया दिदै कपिलबस्तु नेपालमा रहेका सम्पुर्ण बौद्धस्थल बिश्वभरका बौद्ध धर्मावलम्बीका लागी आस्थाको केन्द्र भएकोले आफुहरु सो स्थानमा आएको बताए ।














प्रतिक्रिया