३० आश्विन २०८३, शुक्रबार

भारतकै समूहमा छानियो नेपाल, तेस्रो खेलमा भारतसँग भिड्ने

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

U-19-Nepali-Cricket

काठमाडौं, १० मंसिर । बंगलादेशमा हुने यू-१९ विश्वकप क्रिकेट प्रतियोगितामा नेपाल समूह ‘डी’ मा परेको छ ।

उक्त समूहमा भारत पनि परेको छ । माघ १३ गतेदेखि बंगलादेशमा हुने प्रतियोगितामा नेपाल तीन वटा टेष्ट मान्यता प्राप्त राष्ट्रहरुको समुहमा परेको हो ।

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् आइसीसीले सार्वजनिक गरेको खेल तालिका अनुसार भारत, अष्ट्रेलिया र न्यूजिल्याण्डसँगै समूह डी मा नेपाल परेको छ । नेपालले प्रतियोगिताको पहिलो खेलमा माघ १४ गते न्यूजिल्याण्डसँग खेल्ने छ ।

यसैगरी माघ १६ गते अष्ट्रेलिया र माघ १८ गते तेस्रो खेलमा भारतसँग भिड्ने भएको हो । प्रतियोगितामा सहभागी १६ टोलीलाई चार समुहमा विभाजन गरी राउण्ड रोबिन लिगको आधारमा खेलाइने छ ।

प्रत्येक समूहको विजेता र उपविजेता टोली क्वाटरफाइनलमा प्रवेश गर्नेछन् । तेस्रो र चौथो टोलीले प्लेट च्याम्पियनसिप खेल्ने छन् । विश्वकप क्रिकेट खेल्न नेपाली टिम तयारी अवस्थामा छ ।