काठमाडौं, १० मंसिर । बुधबार राति भएको च्याम्पियन्स लिगमा रियल मड्रिडले शाख्तर डोनेस्कलाई ४–३ गोलले हराएको छ ।
प्रमुख स्ट्राइकर क्रिष्टियानो रोनाल्डोको दुई गोलको मद्दतमा रियलले डोनेस्कमाथि जित हात पारेको हो । चार गोेलले पछि पारेको शाख्तरले दोस्रो हाफको अन्तिमतिर उत्कृष्ट पुनरागमनको प्रयास गरेको थियो । तर, ७० औं मिनेटमा रोनाल्डोले गरेको गोलले रियल विजयी भएको हो ।
यसअघि नै अनआउट चरण पुगिसकेको रियल मड्रिडले १८ औं मिनेटमा रोनाल्डोको गोलबाट सुरूवाति अग्रता लिएको थियो ।
५० औं मिनेटमा लुका मोडरिकले गोल गरे भने दुई मिनेट लगतै कार्भाजालले गोल गरे । खेलको ७० औं मिनेटमा रोनाल्डोले व्यक्तिगत दोस्रो गोल गर्दै रियललाई ४-० को अग्रता दिलाए ।

तर, ७७ औं मिनेटमा शाख्तर डोनेस्कले पेनाल्टी पायो, जसलाई टेक्सेराले सहजै गोलमा परिणत गरे । ८३ औं मिनेटमा फरेरा बोनफाइनले गोल गरे भने ८८ औं मिनेटमा टेक्सेराले व्यक्तिगत दोस्रो गोल गरे ।
खेलमा थप गोल हुन नसक्दा रियल मड्रिड ४-३ गोल अन्तरले विजयी भयो । जितपछि रियल मड्रिड ५ खेलबाट १३ अंकसहित शीर्ष स्थानमा छ । १० अंक जोडेको पेरिस सेन्ट जर्मेन दोस्रो स्थानमा छ ।
















प्रतिक्रिया