३० आश्विन २०८३, शुक्रबार

‘आमिर र शाहरुख गद्दार हुन्, टाउको काटेर झुण्ड्याउनुपर्छ’

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Aamir_srkमुम्बई । असहिष्णुताबारे आफ्नो भनाईले चौतर्फी अलोचना खेपिरहेका अभि‍नेता आमिर खानलाई अब हिन्दू महासभाले कडा जवाफ दिएको छ ।

अखिल भारत हिन्दू महासभाका कार्यकारी राष्ट्रिय अध्यक्ष कमलेश तिवारीले मातृभूमिको अपमान गर्ने आमिर र शाहरुख खान जस्ता अभिनेता देशद्रोही हुन् भन्दै यस्ता व्यक्तिको टाउको काट्नुपर्ने माग गरेका छन् ।

तिवारीले भनेका छन्–यो देशमा आजभन्दा पहिला कैयौ नरसंहार भए तर, कहिल्यै पनि कसैले, चाहे त्यो हिन्दू होस् वा मुसलमान, यस्तो भनको थिएनन् कि यो देश हाम्रोलागि बस्नलायक रहेन् । देशलाई असहिष्णु भनेर मातृभूमिको अपमान गर्ने आमिर खान र शाहरुख खान जस्ता अभि‍नेता देशद्रोही हुन् । यिनीहरुले भारत छाड्नुपर्छ र यस्ता व्यक्तिको शीर(टाउको) काटेर सार्वजनिक चोकमा झुण्ड्याउनुपर्छ ।!

भारतीय च्यानल आजतकका अनुसार हिन्दू महासभाले देशमा असहिष्णु बढ्यो भन्नु एक षडयन्त्र हो भनेको छ । जसको नाममा जानेबूझेर एक समुह देशलाई बदनाम गरिरहेका छन्, ताकि भारतको छवि खराब होस् । (एजेन्सीको सहयोगमा)