३० आश्विन २०८३, शुक्रबार

खेल क्षेत्रलाई राजनीतिबाट मुक्त बनाउँछु – मन्त्री मण्डल

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Satya-Naryan-Mandalकाठमाडौँ, ९ मङ्सिर । युवा तथा खेलकुदमन्त्री सत्यनारायण मण्डलले खेलकुद क्षेत्रलाई राजनीतिक हस्तक्षेपबाट मुक्त गराउनु आफ्नो पहिलो प्राथमिकता रहेको बताउनुभएको छ ।

नेपाल ओलम्पिक कमिटीले उहाँलार्ई स्वागत गर्न आज यहाँ आयोजना गरेको कार्यक्रममा मन्त्री मण्डलले राष्ट्रकै प्रतिष्ठाका रुपमा रहेको खेल क्षेत्रमा रहेको चरम राजनीतिक हस्तक्षेपको अन्त्य नगरेसम्म यस क्षेत्रका समस्या समाधान नहुने विचार व्यक्त गर्नु भयो । उहाँले नयाँ संविधानअनुसार खेल क्षेत्रका लागि आवश्यक ऐन, कानुन संशोधन गर्दा सरोकारवालाको माग र आवश्यकतालाई ध्यान दिने प्रतिबद्धता जनाउँदै भन्नुभयो, “खेलकुदको अन्तर्राष्ट्रिय मर्यादालाई ख्याल गर्दै नेपाल ओलम्पिक कमिटीको स्वायत्ततालाई मध्यनजर गर्दै चाँडै ऐन ल्याउने छु ।”

मन्त्री मण्डलले सातौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको लागि आवश्यक बजेट विनियोजनका लागि अर्थ मन्त्रीले सकारात्मक प्रतिबद्धता जनाई सकेकाले बजेटको अभाव नहुनेमा ढुक्क हुन सबैलाई आग्रह गर्नुभयो ।

कार्यक्रममा ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले खेलकुदको अन्तर्राष्ट्रिय नियम र अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीको बडापत्रअनुसार नेपाल ओलम्पिक कमिटी र राष्ट्रिय सङ्घले स्वायत्तता पाउनुपर्ने बताउनुभयो । उहाँले भूकम्पबाट क्षतिग्रस्त खेलकुद क्षेत्रका भौतिक संरचनाको मर्मत गरिनुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा ओलम्पिक डेका अवसरमा सम्पन्न विभिन्न खेलकुद प्रतियोगितामा उत्कृष्ट हुने बालबालिकालाई नगद पुरस्कारसहित सम्मान गरिएको थियो । रासस