३० आश्विन २०८३, शुक्रबार

काश्मिरको गोरखा राइफल्स पोष्टमा आतंकवादी हमला, जुनियर अफिसर मारिए

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

INDIA-KASHMIR-UNREST

काठमाडौं, ९ मंसिर । जम्मू–कश्मीरमा बुधवार विहान फेरि एक आतंकवादी हमला भएको छ । यसपटक आतंकवादीले भारत पाकिस्तानको नियन्त्रण रेखामा रहेको सेनाको एक क्याम्पलाई निशाना बनाएका छन् । आतंकवादीले काश्मिरको कुपवाड़ा जिल्लाको तंगधार सेक्टरमा गोरखा राइफल्सको पोस्टमाथि हमला गरेका हुन् । हमलामा सेनाका एक जुनिएर अफिसर (जेसीओ) मारिएका छन् ।

उनको नाम खुलाइएको छैन् । गोरखा राइफल्समा नेपाली नागरिक कार्यरत छन् । उक्त घटनामा नेपाली वा भारतीय कुन मुलका सनिक मारिएका हुन् भन्ने बारेमा पनि खुलाइएको छैन् । भारतीय च्यानल आजतकका अनुसार अहिले भारतीय सुरक्षाबलले पूरे इलाकामा घेरा हालेको छ । र आतंकवादीको खोजी गरिरहेको छ । सैन्यबलले वरपरका जंगलमा पनि खोजी तीव्र पारेको छ ।