१ कार्तिक २०८३, शनिबार

बजारमा नुन अभाव !, नुन नपाए ०१४२७०९९४ मा फोन गर्नुस्

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Salt-Treading-Corporetation

– विमल योगी

साल्ट ट्रेडिङका डिभिज्नल म्यानेजर ब्रजेशकुमार झाले साल्ट ट्रेडिङका सबै डिपोहरूमा छ महिनालाई पुग्ने नुन रहेको बताउनुभयो । ‘साल्ट ट्रेडिङको मुलुकभरि रहेका गोदाममा छ महिनासम्म पुग्ने नुन उपलब्ध छ’, उहाँले भन्नुभयो, ‘नुनका लागि कुनै चिन्ता लिनुपर्दैन ।’ साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडले राजधानीका लागि पनि उल्लेख्य नुन मौज्दात राखेको छ । बजारमा नुनको अभाव हुन नदिन कालीमाटीस्थित केन्द्रीय कार्यालयमा पनि कर्पोरेशनले मौज्दात राखेको जनाएको छ । बजारमा आयो नुन प्रतिकिलो १८ रुपियाँ किन्न पाइन्छ । कर्पोरेशनले बजारमा नुन अभाव भए कालीमाटीस्थित केन्द्रीय कार्यालयको ०१४२७०९९४ मा जानकारी गराउन आग्रह गरेको छ । नुन नपाएको कसैको गुनासो आए त्यसमा छानविन गर्ने कर्पोशनले तयारी गरेको छ ।