काठमाडौं । ‘मिस्टर वल्र्ड २०१६’मा नेपाली युवाले सहभागिता पाउने भएका छन् ।
मिस्टर वल्र्डमा प्रतिनिधि पठाउने उदेश्यले एक्सपोज नेपाल डटकमले पुरुषहरुको सौन्दर्य प्रतियोगिता ‘मिस्टर नेपाल २०१६’ आयोजना तयारी गरेको छ । स्वदेशमा आयोजना हुँदै आएको पुरुषहरुको सबैभन्दा ठूलो प्रतियोगिता मानिएको ‘मिष्टर नेपाल’ बिजेताले यस बर्षबाट ‘मिस्टर वल्र्ड’मा सहभागिता जनाउन पाउने ब्यवस्था मिलाएको आयोजक एक्सपोज नेपालका अध्यक्ष दिनेश शाहीले बताए ।
एक्पोज नेपालले एक बिज्ञप्ती मार्फत १४ औ संस्करण्ँ ‘मिस्टर नेपाल २०१६’ आगामी फागुनमा हुने जनाउँदै प्रतियोगिताका लागी आवेदन खुल्ला भएको जानकारी गराएको छ । युवाहरुको प्रतिभालाई प्रोत्साहित गर्नुका साथै समाजमा जिम्मेवार नागरिक बनाउन यो प्रतियोगीता सहायक सिद्ध हुने बिश्वास आयोजकका छ ।
युवाहरुको व्यक्तित्व विकास, आत्मविश्वास अभिवृद्धी, क्षमता उजागर लगायत नेतृत्वदायी क्षमताको आवश्यकताको महशुस गरी सोही अनुरुप त्यसको उपयोगिताबारे मार्ग निर्देशन दिंदै समाज उपयोगी जिम्मेवार व्यक्तित्वको रुपमा अगाडी बढाउन प्रतियोगिताले सहयोग पु¥याउने विश्वास आयोजकको छ ।
१६ बर्षदेखि ३५ बर्ष ननाघेका युवाहरुले प्रतियोगीतामा सहभागिता जनाउन पाउने छन् । काठमाडौ, पोखरा, बिराटनगर, चितवन, धरानलगायत देशका प्रमुख शहरमा आयोजना हुने पहिलो चरणको अडिसनबाट छानिएर आएका प्रतियोगीलाई मात्र अन्तिम स्पर्धामा सहभागिता जनाइने छ ।
देशैभरि छरिएर रहेको प्रतिभालाई समेट्ने उद्देश्यले आयोजना गर्न लागीएको प्रतियोगितामा बिभिन्न चरणबाट छानिएका ४० देखि ४५ सम्मका अन्तिम प्रतियोगिलाई स्वमिङ, फुटबल, रक क्लाइमिङ, समाजसेवा, सर्ट हाइकिङग, क्याटवाक, व्यक्तित्व विकास, पब्लिक स्पिकिङ लगायतका बिधाका बिषेश प्रशिक्षण बिभिन्न अनुभवी व्यक्तित्वहरुद्धारा दिइनेछ ।
सन् २००१ बाट सुरु भएको मिष्टर नेपालमा रोहित थेवे, जीवन लुईटेल, गौतम सुवेदी, उज्वल घिमिरे, सुरेश घिमिरे, डा. आयुष्मान घिमिरे, सुरेश गैले, सुरज चिल्वाल, सन्दिप पोखरेललगायत बिजेता घोषित भइसकेका छन् ।
















प्रतिक्रिया