३० आश्विन २०८३, शुक्रबार

फ्रान्सका राष्ट्रपतिको घोषणा- आईएसलाई ध्वस्त नबनाएसम्म छोड्नेवाला छैनौँ

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

FRANCE-BRITAIN-DIPLOMACY-ATTACKS

पेरिस, ७ मङ्सिर । फ्रान्सेली राष्ट्रपति फ्रान्सिस अल्याण्ड र बेलायती प्रधानमन्त्री डेभिड क्यामरुनले फ्रान्सको पेरिसमा गतहप्ता भएको आतङ्ककारी हमलाको मुख्यस्थल पेरिसको बाट्कलान नाट्यशालाको भ्रमण गर्नुभएको समाचार छ ।

उक्त नाटकघरमा एक अमेरिकी ब्याण्डको कसर्ट जारी रहेका बेला भएको हमलमा परी कम्तीमा पनि ९० जनाको हत्या भएको थियो ।

पेरिस सहरमा भएको सो हमलामध्ये सबैभन्दा धेरै नागरिक यसै स्थानमा मारिएका थिए । उक्त आक्रमणस्थलको निरीक्षणका लागि बेलायती प्रधानमन्त्री क्यामरुन फ्रान्स पुग्नुभएको थियो ।

यही नोभेम्बर १३ मा भएको सो हमलामा परी एकजना बेलायती नागरिकको पनि ज्यान गएको थियो । बेलायती प्रधानमन्त्री क्यामरुनले सो जानकारी आफ्नो ट्वीटर अकाउन्टमार्फत सोमबार दिनुभएको छ ।

गएको नोभेम्बर १३ मा पेरिसमा भएको हमलामा परी १२९ जनाको ज्यान गएको थियो । सो हमलामा तीन सयभन्दा बढी घाइते भएको बताइएको छ ।

उक्त हमलाको जिम्मेवरी मुस्लिम अतिवादी समूह आइएसले लिइसकेको छ । घटनामा संलग्न केही मारिएका छन् भने अरुको खोजी जारी रहेको फ्रान्सेली प्रहरीले जनाएको छ ।

आतङ्ककारी विरुद्धको आक्रमण जारी रहन्छ– राष्ट्रपति अल्याण्ड

यसैबीच राष्ट्रपति अल्याण्डले फ्रान्सको राजधानी पेरिसमा भएको आतङ्कवादी हमलापछि सिरियामा सुरु भएको आतङ्कवादी विरुद्धको हमला नरोकिने जानकारी दिनुभएको छ ।

उहाँले भन्नुभयो– ‘हामीले सो हमलालाई आतङ्ककारी विरुद्ध केन्द्रित गरिरहेका छौं र उनीहरुलाई ध्वस्त नबनाएसम्म छोड्नेवाला छैनौँ ।’

पेरिसमा बेलायती प्रधानमन्त्री क्यामरुनसँगको भेटवार्तापछि उहाँले सो बताउनुभएको हो । सिरियामा आइएसको प्रभाव रहेको र उनीहरुले सोही देशबाट आतङ्ककारी क्रियाकलाप जारी राखेका फ्रान्सको दाबी रहेको छ । रासस÷एएफपी