१ कार्तिक २०८३, शनिबार

नौ हजार लिटर डिजेल बाकेकोे ट्याकंर प्रहरी नियन्त्रणमा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Oil-tyankerमलेखु (धादिङ), ७ मङ्सिर । कालोबजारी गर्ने आशंकामा धादिङबाट काठमाडौँतर्फ लगिँदै गरेको डिजेल ट्याङ्करलाई पृथ्वीराजमार्गको दशकिलाबाट आज प्रहरीले नियन्त्रणमा लिएको छ ।

काठमाडौँतर्फ जादै गरेको ना१ख ६५५० नम्बरको ट्याङ्करसहित नौ हजार लि डिजेल नियन्त्रणमा लिएको धादिङका प्रहरी नायव उपरीक्षक सविन प्रधानले जानकारी दिनुभयो ।

कुनै एक हाइड्रो पावरको लागि लैजान लागेको चालकले बताएपनि बिना बिल तथा चोरी निकासी गरी बिक्री गर्ने उद्देश्यले लान लागेको आरोपमा सो गाडी नियन्त्रणमा लिएको उहाँले जानकारी दिनुभयो ।

सो तेल मकवानपुरका प्रकाशराज खड्काले राजधानि लैजान लागेको उपरीक्षक प्रधानले वताउनुभयो । रासस