काठमाडौं, ७ मंसिर । केही दिनअघि गएको विनाशकारी भूकम्पपछि पाकिस्तानमा सोमबार फेरि भूकम्प गएको छ ।
पाकिस्तानको राजधानी र देशको उत्तरी भागमा सोमबार विहान ६.२ रेक्टर स्केलको भूकम्प गएको समाचार एजेन्सीले जनाएका छन् । भूकम्पबाट धनजनको क्षति नभएको प्रारम्भिक विवरणमा उल्लेख छ । पाकिस्तान मौसम विभागका अनुसार अफगानिस्तान ताजिकिस्तान सीमा क्षेत्रमा ८६ किलोमिटरको गहिराईमा ६.२ रेक्टर स्केलको भूकम्प धक्का पाकिस्तानको पख्तूनख्वा र पञ्जाब प्रान्तमा महसूस गरिएको थियो ।
अहिलेसम्म प्राप्त समाचारमा कुनै क्षति नभएको जनाइएको छ । यसैबीच भूकम्पले भारत पनि हल्लिएको छ । भारतीय च्यानल आजतकले लेखेको छ– मध्यराति भूकम्पको धक्काले भारतीय नागरिकहरु जागराम बसेका छन् । समाचार अनुसार भारतका थुप्रै क्षेत्र धक्का महसुस गरिएको छ । सबैभन्दा बढी भारत पाकिस्तान सीमा क्षेत्र जम्बू–कश्मीरमा झट्का लागेको थियो ।
यसअघि एक महिना पहिले पाकिस्तानमै सात रेक्टर स्केल भन्दा माथिको भूकम्प जाँदा सयौं मारिएका थिए । (एजेन्सीको सहयोगमा)
















प्रतिक्रिया