काठमाडौं, ७ मंसिर । आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको माग सम्बोधन गर्न प्रमुख दलहरु सहमत भएका छन् ।
प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार विहान बसेको प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेससहितका प्रमुख दलहरुको बैठकले मधेसी मोर्चाको सहमतिमा संविधान संशोधन विधेयक अगाडि बढाउने निर्णय गरेका हुन् ।
बैठकले अघिल्लो सरकारले दर्ता गरेको संविधान संशोधन प्रक्रिया अघि बढाउने निर्णय पनि गरेको एमाओवादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो । कांग्रेस नेतृत्वको अघिल्लो सरकारले समानुपातिक समावेशीको सुनिश्चितता र प्रत्येक जिल्लामा एक निर्वाचन क्षेत्र नघट्ने गरी जनसंख्याका आधारमा निर्वाचन क्षेत्र निर्धारणसम्वन्धी संविधान संशोधन प्रस्ताव संसदमा दर्ता गरेको थियो ।
बालुवाटार बैठकमा मधेसी मोर्चासहितको सहमतिमा विधेयक अघि बढाउने सहमति भएको हो । बैठकले आन्दोलनकारीको ११ बुँदे मागबारे सत्ता र प्रतिपक्ष दुबैले मधेसी मोर्चासँग छलफल गर्ने र फेरि बैठक बसेर साझा धारणा बनाउने निर्णय गरेको छ । साथै आन्दोलन शान्तिपूर्णरुपमा गर्न आग्रह गरेको छ ।















प्रतिक्रिया