१ कार्तिक २०८३, शनिबार

मलेसिया एक नेपाली कामदारको मृत्यु

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

karna (1)– सुदिप निउरे

क्वालालम्पुर । मलेसियाको पेनाङ्स्थित सुङगाई बाकाप भन्ने ठाउमा पौडी खेल्ने क्रममा डुबेर एकजना नेपाली युवकको ज्यान गएको छ ।

भोजपुर देवानटार ९ बयाङका २४ बर्षिय कर्ण भुजेलको ज्यान गएको मलेसियामा रहेका उन्का आफन्त दिपक भुजेलले जानकारी दिए ।
६ बर्ष अघि मलेसिया आएका भुजेल ३ बर्ष अघि देखि अबैधानिक कामदारको रुपमा काम गर्दै आएका थिए । भुजेलले पछिल्लो समय सुङगाई बाकापमा अवस्थित एक कम्पनीमा कुखुरा काट्ने काम गर्दै आएको थिए । भुजेलको  शब पोष्ट मार्टमका लागी अहिले सुङगाई बाकाप अस्पतालमा राखिएको छ ।

मृतक भुजेलको परिवारमा आमा र एक भाई मात्र छन् । बुबाको मृत्यु ६ महिना अघि  भएको थियो भने कर्ण मलेसिया आएको २ बर्ष पछि श्रीमतीले अर्काे बिहे गरेको पारीवारीक स्रोतले जनाएको छ ।