३० आश्विन २०८३, शुक्रबार

यु-१९ नेपाली युवा क्रिकेट टोलीका सदस्यलाई जनही रु पचास हजार

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

u-19

काठमाडौँ, ६ मङ्सिर । आइसिसी १९ वर्षमुनि (यु–१९) उमेर समूहको विश्वकप क्रिकेट प्रतियोगिताका लागि छनोट भएका नेपाली युवा क्रिकेट टोलीलाई नेपाल क्रिकेट सङ्घ (क्यान)ले सम्मान गर्ने भएको छ ।

क्यानको आज बसेको बैठकले मलेसियामा गत अक्टोबरमा भएको उक्त प्रतियोगितामा शीर्ष स्थानमा रहेको नेपाली टोलीलाई सम्मानस्वरुप जनही रु ५० हजार दिने निर्णय भएको क्यानका महासचिव अशोकनाथ प्याकुरेलले जानकारी दिनुभयो ।

उहाँका अनुसार आगामी वर्ष सन् २०१६ को जनवरीमा बङ्गलादेशमा हुने आइसिसी यु–१९ विश्वकप च्याम्पियनसिप तयारीका लागि १८ जना खेलाडीलाई तीन टिममा विभाजन गरी डबल राउण्ड रोबिन लिगका आधारमा यही मङ्सिर ११ देखि १६ गतेसम्म प्रतियोगिता सञ्चालन गरिनेछ ।

यसमा यु–१९ का १४, वैकल्पिक खेलाडी चार तथा प्रत्येक जिल्लाबाट उत्कृष्ट खेलाडीलाई समावेश गरी प्रतियोगिता सञ्चालन गरिनेछ ।

त्यसैगरी, यही मङ्सिर २८ र २९ गते काठमाडौँमा क्यानको चौथो साधारणसभा गर्ने निर्णयसमेत बैठकले गरेको छ । रासस