काठमाडौं, ६ मंसिर । तराई मधेसमा संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले जारी राखेको आन्दोलन र हिंसात्मक प्रदर्शन एवम् भारतले लगाएको नाकाबन्दीका विषयमा छलफल गर्न नेपाली कांग्रेससहित सत्तारुढ दलका शीर्ष नेताहरूको बैठक बसिरहेको छ ।
प्रधानमन्त्री केपी ओलीको सरकारी निवास बालुवाटारमा जारी बैठकमा समग्र राजनीतिक विषयमा छलफल हुने नेताहरूले बताएका छन् ।
बैठकमा प्रधानमन्त्री ओलीका, कांग्रेसका कार्यबाहक सभापति रामचन्द्र पौडेल, एमाओवादीका अध्यक्ष पुष्पकमल दाहालदेखि विज्ञान तथा प्रविधिमन्त्री विश्वेन्द्र पासवानसम्मका नेताहरूको सहभागिता छ ।
नाकाबन्दीले आक्रान्त बनेको मुलुकलाई शनिबार मध्यरातिदेखि सप्तरी र आसपासका जिल्लामा आन्दोलन झन् चकिएपछि सरकार गम्भीर बनेको छ ।
सरकारका साथै प्रमुख विपक्षी दल नेपाली कांग्रेसले पनि मधेसमा चर्किएको आन्दोलनप्रति चिन्ता जनाइ सकेका छन् ।















प्रतिक्रिया