
काठमाडौं, ६ मंसिर । भारतको नाकाबन्दीमा इन्धनको हाहाकार भइरहेका बेला कालोबजारी गरेको आरोप लागेका नेपाल आयल निगमका प्रबन्ध निर्देशक गोपाल बहादुर खड्काको जागिर धरापमा परेको छ ।
सत्तारूढ र विपक्षी दल सम्बद्ध विद्यार्थी संगठनहरुले खड्कालाई पदमुक्त गर्न माग गरेपछि उनको जागिर धरापमा परेको हो । आइतबार खड्काको राजीनामा माग्दै नेपाल विद्यार्थी संघ, अनेरास्ववियु, अखिल क्रान्तिकारी लगायतका एक दर्जनभन्दा बढी विद्यार्थी संगठनहरुले निगमको केन्द्रीय कार्यालय अगाडि प्रदर्शन गरेका छन् । उनीहरुले निगमका प्रबन्ध निर्देशक खड्कामाथि पेट्रोलियम पदार्थमा कालोबजारी गरेको आरोप लगाएका छन् ।
संयुक्त विद्यार्थी आन्दोलनका नाममा निगम अगाडि प्रदर्शन गरेका विद्यार्थीहरुले निगमका प्रबन्ध निर्देशक खड्कामाथि भारतको इशारामा इन्धनको अभाव सिर्जना गरेको र तस्करहरुसँग मिलेर कालोबजारी गरेको आरोप लगाए । विद्यार्थीहरुले तस्करी र कालोबजारीलाई प्रोत्साहन गर्ने खड्कालाई एक छिन पनि पदमा नराख्न सरकारको ध्यानाकर्षण समेत गराएका छन् ।
विद्यार्थीहरुले खड्कालाई पदमुक्त नगरे तथा कालोबजारीमाथि नियन्त्रण नगरे आन्दोलन चर्काउने चेतावनी समेत दिएकाको अनेरास्ववियुका महासचिव नविना लामाले बताए ।















प्रतिक्रिया