ब्रसेल्स, ६ मङ्सिर । बेल्जियमका विदेशमन्त्री दिदिर रेन्डरर्स्ले बेल्जियममा सम्भाव्य आतङ्ककारी हमला रोक्नका लागि आवश्यक सबैखाले उपायहरु अबलम्बन गरिएको बताउनुभएको छ ।
उहाँले बेल्जियममा पनि यस्तो आक्रमणको त्रास रहेको भन्दै तर सो आक्रमणलाई तिस्तेज पार्न यस्तै सबैखाले उपायहरु अबलम्बन गरिएको बताउनुभएको समाचारमा जनाइएको छ ।
समाचारमा जनाइएअनुसार गतहप्ता फ्रान्सको राजधानी पेरिसमा भएको आक्रमणको योजना नै बेल्जियममा बनेको भन्ने समाचार आएपछि बेल्जियममा पनि यस्तो हमला हुनसक्ने अनुमान गरिएको हो ।
यस्तो खतरा कमगर्नका लागि आवश्यक सबैखाले उपायहरु अबलम्बन गर्ने क्रममा सरकारले धेरै मापदण्डहरु बनाएको पनि समाचारमा जनाइएको हो ।
सो पेरिस हमलापछि बेल्जियमको सरकारले त्यहाँका नागरिकको सामान्य मानवअधिकार र मेौलिक अधिकार हनन हुन नदिनेगरीे शान्तिपूर्ण क्रियाकलापहरु गर्न दिनेगरी प्रबन्ध मिलाइएको उहाँले बताउनुभयो ।
उहाँले बेल्जियमका सीमानाकाहरुमा कडाईका साथै राजधानी तथा अन्य कतिपय स्थानहरुमा पनि सेना र प्रहरीको सङ्ख्या ठूलो मात्रामा बृद्धि गरिएको पनि जानकारी दिनुभएको छ ।
गतहप्ता भएको सो हमलापछि युरोपका कतिपय देशमा यस्तो आक्रमणको त्रास बढेको बताइएको छ । अन्य युरोपेली देशहरुले पनि शान्तिका लागि आग्रह गर्दै कडा सुरक्षा व्यवस्था अपनाएका छन् । रासस/सिन्ह्वा















प्रतिक्रिया