३० आश्विन २०८३, शुक्रबार

रियल मड्रिडमाथि बार्सिलोना हावी, घरेलु मैदानमै ४-० गोलले रियलको लज्जास्पद हार

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Spain Soccer La Liga

काठमाडौं, ६ मंसिर । इएल क्लासिको भीडन्तमा घरेलु टोली रियल मड्रिड प्रतिस्पर्धी टिम बार्सिलोनासँग नराम्रोसँग हारेको छ ।

शनिबार राति रियलको घरेलु मैदान बेर्नाबाउमा भएको भीडन्तमा ४-० गोलको जित निकाल्दै बार्सिलोनाले रियललाई नराम्रो हार मात्रै चखाएन् फराकिलो अंकले लिग लिडर समेत बन्यो । बार्सिलोनाले रियल भन्दा ६ अंक अग्रता लिँदै शीर्ष स्थानलाई बोलियो बनाएको छ ।

बार्सिलोनाका लागि लुइस स्वरेजले दुई गोल गरे । झण्डै दुई महिनापछि मैदान फर्किएर पनि सुरुमा बेन्चमा बसेका लिओनल मेस्सीले गोल भने गरेनन् । ११ औं मिनेटमा स्वरेजले गोल गर्दै टोलीलाई अग्रता दिलाए र सुरुवातैबाट घरेलु टोली दबावमा पर्‍यो । ३९ औं मिनेटमा नेयमारले गोल गरेपछि बार्सिलोना पहिलो हाफमा २-० को लिन सफल भयो ।

५३ औं मिनेटमा आन्द्रे इनिष्टाले गोल गरे । ५७ औं मिनेटमा राकिटिकको स्थानमा मेस्सी मैदान प्रवेश गरे । ७४ औं मिनेटमा स्वरेजले गोल गरेपछि बार्सिलोना ४-० को अग्रता लिन सफल भयो ।

१० मिनेटपछि इस्कोले रातो कार्ड पाएपछि रियल मड्रिडले इएल क्लासिको भिडन्तको दुःखद अन्त्य ग¥यो । यो रियल मड्रिडको घरेलु मैदानमा २३ खेलमा पहिलो हार हो । रियलको १२ खेलबाट २४ अंक छ भने लिग लिडर बार्सिलोनाको ३० अंक भएको छ ।