काठमाडौं, ६ मंसिर । भारतले नेपालमा गरेको अघोषित नाकाबन्दीको विश्वका कुनाकुनामा विरोध हुन थालेको छ ।
नाकाबन्दी हटाउन भारतलाई अन्तर्राष्ट्रिय दबाब सुरु भएको नयाँ पत्रिका दैनिकले छापेको छ । राष्ट्रसंघले नेपालको स्वतन्त्र पारवहन अधिकारमाथिको अवरोध तत्काल हटाउन माग गरेको छ भने विश्वका विभिन्न देशमा रहेका नेपालीहरुले विरोध प्रदर्शन गरीरहेका छन् ।
तर, नेपालमा संविधान जारी भएलगत्तै स्वागत गरेको बेलायतले घुमाइफिराई भारतकै शैलीमा भारतीय नाकाबन्दीको अनुमोदन गरेको छ ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको बेलायत भ्रमणका वेला २६ कात्तिकमा लन्डनमा जारी भएको भारत–बेलायत संयुक्त विज्ञप्तिमा बेलायतको समर्थन आएको छ ।
‘दुवै प्रधानमन्त्रीहरू नेपालमा समावेशी संवैधानिक समाधानमा जोड दिन्छन् जसले बाँकी विषयहरूको समाधानसहित नेपालमा राजनीतिक स्थायित्व र आर्थिक समृद्धि हासिल गराउनेछ,’ संयुक्त वक्तव्यमा भनिएको छ, ‘उनीहरूको विश्वास छ कि राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले भूकम्पपछिको निर्माणकार्य यथासम्भव सुरु गर्नेछ ।’















प्रतिक्रिया