६ कार्तिक २०८३, शुक्रबार

मधेसी मोर्चाको आक्रमणबाट एम्बुलेन्सका चालक गम्भीर घाइते

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Ambulance-biratnagar (1)सुनसरी, ६ मंसिर । अक्सिजनसहित गम्भीर बिरामी बोकेको एम्बुलेन्समा संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका कार्यकर्ताले सुनसरीको दुहबीमा शनिबार आक्रमण गरेका छन् ।

आक्रमणमा एम्बुलेन्सका चालक आनन्द विकको टाउको फुटेको नयाँ पत्रिका दैनिकले छापेको छ । उनको अवस्था चिन्ताजनक छ ।

विराटनगरको सिटी अस्पतालबाट रेफर गरिएका एक गम्भीर बिरामीलाई धरानको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लैजाने क्रममा को. १ च ४६१५ नम्बरको एम्बुलेन्समा मोर्चाका कार्यकर्ताले ढुंगामुढा प्रहार गरेका थिए ।

प्रहरी सहयोगमा एम्बुलेन्सचालकलाई उपचारका लागि विराटनगर र संखुवासभाका बिरामी तामाङलाई धरान पठाइएको छ ।