६ कार्तिक २०८३, शुक्रबार

मधेसी मोर्चालाई मोरङ र सुनसरीका कार्यकर्ताको झापड, दुई नम्वर प्रदेशमा सहभागी नहुने

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Madhesi-Morcha Janakpurसुनसरी, ६ मंसिर । आन्दोलनरत मधेसी मोर्चाका स्थानीय नेता–कार्यकर्ता मोरङ र सुनसरीलाई टुक्र्याएर अर्को प्रदेशमा गाभ्ने योजनाको विपक्षमा उभिएका छन् ।

उनीहरूले आन्दोलनको ‘बटमलाइन’ मोरङ र सुनसरीलाई टुक्र्याएर अर्को प्रदेशमा मिलाउने नभएको उल्लेख गर्दै त्यसो गरिए थप आन्दोलन गर्ने चेतावनी दिएको कान्तिपुर दैनिकले छापेको छ ।

‘आन्दोलनलाई निस्तेजपार्न सरकारमा सहभागी केही राजनीतिक दलका नेताहरूले मोरङ र सुनसरीलाई टुक्र्याएर २ नम्बर प्रदेशमा गाभ्ने ललीपप देखाउँदै छन्,’ संघीय समाजवादी फोरम नेपाल मोरङ अध्यक्ष राजकुमार यादवले भने, ‘आन्दोलनको बटमलाइन यो होइन ।’

झापादेखि कञ्चनपुरसम्म तराईका २२ जिल्लालाई समग्र मधेस एक वा दुई प्रदेश बनाइनुपर्ने उनले बताए ।

उनले सुनसरी र मोरङलाई टुक्र्याएर अरू प्रदेशमा गाभिए मोर्चालाई मान्य नहुने बताए ।