३० आश्विन २०८३, शुक्रबार

मलेसियामा भारतीय प्रधानमन्त्री मोदीको यसरी भयो बेइज्जत (फोटो फिचर)

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

indian FLAG 4

काठमाडौं, ५ मंसिर । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको मलेसियामा बेइज्जत भएको छ ।

मलेसियाको राजधानी क्वालालम्पुरमा आयोजित अन्तर्राष्ट्रिय आसियान शिखर सम्मेलनका लागि त्यहाँ पुगेका मोदीको जापानका प्रधानमन्त्री शिञ्जो आबेसँगको भेटवार्ताका क्रममा बेइज्जत भएको भारतकै सञ्चारमाध्यमले जनाएका छन् ।

मोदीको आलोचना गर्दै भारतीय च्यानल एबीपीले लेखेको छ– ‘मलेसिया भ्रमणका क्रममा प्रधानमन्त्री मोदी र भारतीय झण्डाको अपमान भएको छ । जापानी प्रधानमंत्री आबेसँग जहाँ मोदीको भेटवार्ता हुँदैथियो त्यहाँ पछाडी झुड्याइएको भारतीय झण्डा उल्टा लगाइएको थियो । त्यहाँ जापानका प्रधानमन्त्री पहिला पुगेर मोदीको प्रतिक्षा गरिरहेका छन् । तर, उनको ध्यान उल्टा गरि राखिएको भारतीय झण्डामा पर्यो । यद्यपी भारतका कुनै अधिकारीहरुले यो झण्डामा ध्यान दिएनन् ।

त्यहीबेला मोदी त्यहाँ पुगे । जब उनले आफ्नो झण्डा उल्टा र जापानको झण्डा सुल्टा देखे तब उनको बेइज्जत भयो । त्यही बेला जापानकै प्रधानमन्त्रीले झण्डा सुल्टा गरिदिएपछि मोदीको झन बेइज्जत भयो । त्यती नै बेला अन्तर्राष्ट्रिय पत्रकारहरुले उक्त फोटो खिचिहाले । जून अहिले सामाजिक सञ्जालमा आलोचनाको विषय बनेको छ । यो तस्वीर सार्वजनिक भएपछि मलेसिया र भारतमै समेत झण्डा सम्हाल्न नसक्ने पनि प्रधानमन्त्री भए भनेर मोदीको आलोचना सुरु भएको छ ।

हेर्नुस् तस्वीरमा मोदीको बेइज्जतः

indian FLAG 1 indian FLAG 2 indian FLAG 3 indian FLAG 4