पेरिस, ५ मङ्सिर । संयुक्त राष्ट्रसंघ र युरोपेली परिषदले विश्वमा पछिल्लो समयमा देखिएको आतङ्कवादका विरुद्धमा एक भएर लड्न विश्वका सबै राष्ट्रसँग आग्रह गरेका छन् ।
संयुक्त राष्ट्रसङ्घीय सुरक्षा परिषदको शुक्रबार बसेको बैठकले सो आग्रह गरेको हो । सुरक्षा परिषदको उक्त बैठकले आतङ्कवादका विरुद्ध लड्न आवश्यक उपायहरु अवलम्बन गर्न पनि आग्रह गरेको बताइएको छ ।
पेरिसयमा गत हप्ता भएको आतङ्कवादी हमलापछि बसेको सुरक्षा परिषदको सो बैठकले उक्त आग्रह गरेको हो । बैठकले सो हमलाको निन्दा पनि गरेको छ ।
राष्ट्रसङ्घीय सुरक्षा परिषदको उक्त बैठकले पछिल्लो समयमा युरोपेली क्षेत्रमा बढ्दै गएको आतङ्कवादी आक्रमणका कारण सो क्षेत्रमा त्रास उत्पन्न भएको भन्दै आफ्ना सदस्य राष्ट्रहरुलाई यसका विरुद्ध लड्ने मापदण्ड तय गर्न र एक भएर लड्न आग्रह गरेको हो ।
सुरक्षा परिषदले शुक्रबार एक विशेष प्रस्ताव नै पारित गरी आतङ्कवादका विरुद्धमा लड्न आवश्यक मापदण्ड अपनाउन र उपाय अवलम्बन गर्न आग्रह गरेको हो ।
पेरिसमा गतहप्ता भएको आतङ्कवादी हमला सन् २०१५ को नै दोस्रो पटकको हो । यस हमलाका कारण युरोपमा पछिल्लो समयमा आतङ्ककारी क्रियाकलाप बढ्दै गएको र त्यसमा निकै नै सजगता अपनाउनुपर्ने बताउदै आइएको छ ।
युरोपमा नै आतङ्कवाद छिरेको भन्दै यसको निवारण र नियन्त्रणका लागि भन्दै सुरक्षा व्यवस्थास्वरुप युरोपेली राष्ट्रहरुले कडा मापदण्ड अपनाइरहेका बताएका छन् । ब्रसेल्समा सम्भावित आक्रमणको त्रास नै फैलिएको बताइएको छ ।
मध्यपूर्वीलगायत विश्वका विभिन्न देशमा पछिल्लो समयमा हिंसा र आन्तरिक द्वन्द्व बढ्दै जाँदा युरोप छिर्ने शरणार्थीको सङ्ख्यामा समेत विगतका तुलनामा निकै ठूलो मात्रामा वृद्धि हुँदै गएको बताइएको छ ।
आप्रवासीको यस्तो अवस्था जारी नै रहँदा युरोपभरमा आक्रमणको त्रास बढेको बताइन्छ ।
पछिल्लो समयमा सिरिया, यमन, इराक, मध्यअफ्रिकी देशहरुका साथै अन्य देशहरुबाट हिंसाका कारण नागरिक बाहिरिने गरेका छन् । उनीहरुका कारण शरणार्थी समस्या थप बढ्न थालेको बताइन्छ ।
यस्तो अवस्थामा युरोपेली क्षेत्रमा आतङ्कवादी हमलाका घटनाहरु पनि हुन थालेकोले यसका विरुद्ध लड्न सबै राष्ट्रहरुले आवश्यक मापदण्ड अपनाउन र एक भएर आतङ्कवादको मुकाबिला गर्न सबैको ध्यानाकर्षण गराइएको हो ।
संयुक्त राष्ट्रसंघका साथै युरोपेली परिषदले पनि एक भएर यसका विरुद्ध लड्न आग्रह गरेको बताइएको छ । पछिल्लो समयमा युरोपमा आतङ्कवादी क्रियमकलापमा वृद्धि भएको पाइएको छ ।
युरोपेली परिषदले आप्रवासीहरुको समस्याको समाधानका साथै अहिले आएर आतङ्कवादको मुकाबिला गर्नुपर्ने पनि अर्काे समस्या थपिएको विश्लेषण गरेको छ । रासस/एपी















प्रतिक्रिया