१ कार्तिक २०८३, शनिबार

कालानमक धान लोप हुदै

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Dhan

– शम्भू माली
कपिलवस्तु, ५ मंसिर । कपिलवस्तु सहित तराईका केही जिल्लामा उत्पादन हुने मिठो बाँसना र स्वादिलो चामलका रुपमा लिइने कालानमक धान लोप हुने अवस्थामा पुगेको छ ।

छुट्टै पहिचान बोकेको कालनमक धानको खेती कम हुन थालेपछि यो लोप हुन थालेको हो । कपिलवस्तुमा १५ बर्ष अघि ५ हजार हेक्टरमा खेती गरिने यो धान अहिले भने ४ सय ७५ हेक्टरमा मात्र यसको खेती गरिएको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ ।

स्थानिय जातको बहुमुल्य चामल मानिने कालानमकको मूल्य बजारमा अन्य चामल भन्दा दोब्बर महंगो छ । ठूलाबडा तथा जमिन्दारहरुको प्रमुख रोजाइ तथा पाहुनाहरुको स्वागतको राम्रो परिकारका रुपमा लिइने भएकाले बजारमा यसको माग अत्याधिक छ । तर कम उत्पादन, बढि सिचाईको आवश्यकता रोग तथा किराको प्रकोप, अम्लिय माटो तथा ढिलो तयार हुने हुदा यसको खेती कमैले गर्ने गरेको कृषकहरु बताउँछन ।

कपिलवस्तु लगायतका जिल्ला धान उत्पादनको पकेट क्षेत्र भए पनि पुर्वको जनकपुरमा धान बाली अनुसन्धान केन्द्र हुदाँ धानको अनुसन्धान हुन नसकेकै कारण कालानिमक धान लोपहुने अवस्थामा पुगेको कपिलवस्तु नगरपालिका ६ का कृषक बताए ।

राज्यले कालानिमक लगायतका धानको लोप हुने क्रम रोक्न आवश्यक अनुसन्धान र सो खेतीका लागी कृषकका लागी प्रोत्साहनमुलक कार्यक्रम सञ्चालनमा ल्याउनु पर्ने पाण्डेले बताए ।

अन्य धान प्रतिहेक्टर ३५ देखी ५० कुन्टल उत्पादन हुने तर कालानमक धान प्रतिहेक्टर १५ देखी २० हेक्टर मात्र उत्पादन हुने , तयार हुन अन्य धान भन्दा २५ दिन बढि समय लाग्ने, रोग र किराको प्रकोप बढि हुन सगै अम्लिय माटोको आवश्यकता, बढि सिचाई चाहिने, बिउ संचितीकरण नगरिनुको साथै बजारीकरणको अभावका कारण कृषकले सोखको रुपमामात्र कालानकमको खेती गर्न थालेकाले यो धान लोप हुन थालेको राष्ट्रिय गहुँ बाली अनुसन्धान केन्द्रका बरिष्ठ प्राबिधिक अधिकृत उमाशंकर पाण्डेले बताए ।

देशमा हाल सम्म कुनै पनि धान बारे अनुसन्धान हुन नसकेको जनाउदै धानको बिजबृद्धि, अनुसन्धान आदी गरेर लोप हुन बाट जोगाउन सकिने उनले जनाए ।