रुपन्देही, ५ मंसिर । इलाका प्रशासन कार्यालय बुटवलले वैशाखदेखि कात्तिकसम्म चार हजार १५५ वटा राहदानी वितरण गरेको छ । कार्यालयले यो अवधिमा काठमाडौँका लागि कुल दुई हजार ३९६ सिफारिस गरेको छ ।
कार्यालयले उक्त सात महिनाको अवधिमा रु दुई करोडभन्दा बढी राजस्व सङ्कलन भएको जनाएको छ ।
आन्दोलनले यहाँका सरकारी कार्यालयहरुलाई असर गरे पनि जिल्ला प्रशासन कार्यालयलाई असर नगरेको र राहदानी लिनेको सङ्ख्यामा विगतमा भन्दा वृद्धि भएको कार्यालय प्रमुख कृष्णप्रसाद भण्डारीले जानकारी दिनुभयो ।
उहाँका अनुसार यस अवधिमा नागरिकता प्रमाणपत्र पाँच हजार ४४६, नाबालक परिचयपत्र १७० वटा जारी गरिएका छन् । यसैगरी १९ वटा संस्था र ३६ वटा हातहतियारका नवीकरण पनि भएको छ ।
कार्यालयले चालु आवको पहिलो चार महिनामै रु एक करोड १९ लाख राजस्व सङ्कलन गरेको छ । गत आवमा भन्दा चालु आवमा बढी राजस्व सङ्कलन हुने कार्यालय प्रमुख भण्डारीको दाबी छ । रासस















प्रतिक्रिया