६ कार्तिक २०८३, शुक्रबार

नाकाबन्दीमा जनतालाई दुःखदिइ निगमका निर्देशक खड्काले ५० करोड भ्रष्टाचार गरेको खुलासा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Gopal Khadkaकाठमाडौं, ५ मंसिर । कार्यकारी निर्देशक गोपालबहादुर खड्काको ठाडो आदेशमा पेट्रोलिम्याक्स नामक निजी कम्पनीलार्य हवाइ इन्धन आपूर्तिका लागि प्रतीतपत्र खोल्न भन्दै नेपाल आयल निगमले ५० करोड रुपैयाँ भुक्तिानी दिएको खुलासा भएको छ ।

भारतले नाकाबन्दी लगाएपछि इन्धन अभावको मौका छोपेर निगमले मनलागी ठेक्का सम्झौता गर्दा उक्त कम्पनीसँग पर्फमेन्ट ग्यारेन्टीबापत रकमसमेत मागेको छैन् ।

यसअघि खड्काकै आदेशमा विराट पेट्रोलियम नामक कम्पनीलाई नियमविपरित पेट्रोलियम आपूर्ति ठेक्का सम्झौता गर्दासमेत २० करोड अग्रिम भुक्तानी दिइएको समारचा नागरिक दैनिकले छापेको छ ।