काठमाडौं, ४ मंसिर । विहार निर्वाचनको महागठबन्धनका नेता नीतीश कुमारले शुक्रबार पटनाको ऐतिहासिक गान्धी मैदानमा मुख्यमन्त्री पदको सपथ लिएका छन् ।
नीतीशले तेस्रो कार्यकालका लागि पाँचौं पटक मुख्यमन्त्री (सीएम) पदको शपथ लिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । साथै नीतीशसँगै २८ सदस्यीय मन्त्रिमण्डलले पनि शपथ लिएको छ ।
नीतीशपछि आरजेडीका अध्यक्ष लालू यादवका दुई छोरा तेजस्वी र तेज प्रतापले पनि उप मुख्यमन्त्री पदको शपथ लिएका छन् ।
शपथ ग्रहण समारोहमा दिल्लीका सीएम अरविन्द केजरीवाल, पश्चिम बंगालकी सीएम ममता बनर्जी, पूर्व पीएम एचडी देवगौड़ा, सीपीएम महासचिव सीताराम येचुरीसहित थुप्रै राजनीतिक नेताहरु सहभागी थिए । नीतीशले प्रधानमन्त्री नरेन्द्र मोदीलाई पनि शपथ ग्रहण समारोहमा बोलाएका थिए । तर, उनी हारको लाजले आएनन् ।
भर्खरै सम्पन्न विधानसभा चुनावमा नीतीश–लालु महागठबन्धनले प्रधानमन्त्री मोदीको दल बीजेपीलाई नराम्रोसँग पराजित गर्दै बहुमत ल्याएको थियो । (एजेन्सीको सहयोगमा)















प्रतिक्रिया