३० आश्विन २०८३, शुक्रबार

मालीको एक होटलमा २० भारतीय नागरिक आतंकवादीको नियन्त्रणमा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

2011 mali 1वामाको (माली), ४ मङ्सिर । केही अज्ञात बन्दुकधारीद्वारा मालीको राजधानी वामाको एक होटेलमा बन्धक बनाइराखिएका करिब ८० जनालाई सकुशल मुक्त गरिएको छ ।

मालीको गृहमन्त्रालयले जनाएअनुसार बन्दुकधारी समूहले राजधानी वामाकोमा अवस्थित ¥याडिसन होटलमा करिब १४० जना पाहुनासहित ३० जना कर्मचारीलाई होटेलभित्र थुनेका थिए ।

बन्धक बनाइएकामध्ये करिब १० जना चिनियाँ नागरिक भएको मालीस्थित चिनियाँ राजदूतावासले जनाएको छ ।

शुक्रबार बिहानै बन्दुकधारी समूहले एकाएक होटेलमा प्रवेश गरी पाहुनाहरु बसेका कोठाबाट होटेल बाहिर जाने मार्गलाई बन्द गरी अन्धाधुन्ध गोली चलाएका एक प्रत्यक्षदर्शीले बताए ।

सुरक्षाकर्मीले करिब १० जनाको समूहमा बन्दुकधारीले होटलमा धावा बोलेका थिए । सुरक्षाकर्मीले अहिले सम्पूर्ण होटलालाई नियन्त्रणमा लिई अनुसन्धानपछि होटेलभित्र फसेका मानिसलाई सुरक्षित बाहिर ल्याइसकेको छ ।

बन्धकमध्ये २० भारतीय नागरिक:

यसैबीच, २० भारतीय नागरिक होटलमा बन्धक बनाइएका भारतीय अधिकारीले बताएका छन् । तर ८० जना मुक्त भएका मानिसमध्ये बन्धक बनाइएका सबै भारतीय नागरिक पनि छुटेका कुराको सूचना लिन मालीका लागि भारतीय राजदूतले जनाएका छन् ।

मालीमा बन्धक बनाइएका टर्किस एअरलाइन्सका छ जना मुक्त:

टर्कीको ध्वजाबाहक कम्पनी टर्किस एयरलाइन्सका चालक दलका छ सदस्य बन्धकमुक्त भएका छन् ।

उक्त विमान कम्पनीले एक वक्तव्य जारी गर्दै मालीमा बन्धक बनाइ राखिएका आफ्ना सात सदस्यमध्ये छ जना मुक्त भएको बताएको छ । उनीहरुमध्ये एक जना भने अझै होटलभित्र नै रहेको बताइएको छ । रासस/सिन्ह्वा