विर्तामोड, ४ मंसिर । झापा, मोरङ र सुनसरीलाई टुक्रयाउने प्रस्तावलाई झापाली राजनीतिक दलहरुले विरोध गरेका छन् ।
शुक्रबार विर्तामोडमा बसेका स्थानीय राजनीतिक दलहरुको बैठकले यसको विरुद्धमा सोमबार र्याली प्रदर्शन गर्ने निर्णय गरेका हुन् । झापामा क्रियाशील नेकपा एमाले, नेपाली कांग्रेस, एनेकपा माओवादी, नेकपा माले, संघीय लिम्बुवान पार्टी नेपालसहिका स्थानीय राजनीतिक दलहरुको बैठकले सबै दलहरुसँग सहकार्य गरेर सोमबार ¥याली प्रदर्शन गरिने निर्णय गरेको जनाएको छ ।
लामो समयदेखि संविधान बनाउने प्रक्रियामा समेत शान्त भई आप्mना माग राख्ने झापालाई विवादित बनाएकोमा समेत दलहरुले आपत्ती जनाएका छन् । बैठकमा सांसदद्वय सुधीर कुमार शिवाकोटी, मनकुमार गौतम, नेकपा मालेका पोलिटव्यूरो सदस्य खगेन्द्र प्रसाई, नेकपा एमाले झापाका अध्यक्ष चिन्तन पाठक, नेपाली कांग्रेस झापाका सभापति उद्धव थापा, एनेकपा माओवादी झापाका सेक्रेटरी राजु आचार्य अग्नी, संघीय लिम्बुवान पार्टी नेपालका झापा अध्यक्ष धनबहादुर पन्धाक लगायतले झापा, मोरङ र सुनसरी कुनै पनि बहानामा विभाजन गर्नु नहुने बताउनु भएको बैठकमा सहभागी एमाले मोर्चा संगठन प्रमुख शिव ढुङ्गेलले जानकारी दिनुभयो ।
















प्रतिक्रिया