३० आश्विन २०८३, शुक्रबार

अमेरिकी राष्ट्रपति भवन ह्वाईट हाउसमै आक्रमण गर्ने आईएसको धम्की, नयाँ भिडियो सार्वजनिक

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

obama

काठमाडौं, ४ मंसिर । आतंकवादी संगठन इस्लामिक स्टेट (आईएस)ले अब अमेरिकी राष्ट्रपति भवन व्हाईट हाउसमा हमला गर्ने धम्की दिएको छ । साथै फ्रान्सको राजधानी पेरिसमा थप हमलाको धम्की दिएको छ ।

आईएसले दोस्रोपटक एक ६ मिनेटको भिडियो सार्वजनिक गर्दै यस्तो धम्की दिएको भारतीय च्यानल आजतकले लेखेको छ ।

कहाँ रेकर्ड गरियो भिडियो ?

वाशिंगटनस्थित मध्य पूर्व मिडिया शोध संस्थानका अनुसार आईएसले ‘पेरिस बिफोर रोम’ नाम दिएको यो भिडियो इराकको दिजलाह प्रान्तमा रेकर्ड गरिएको हो । यसमा एक आतंकवादीलाई फ्रान्सका स्मारकहरु र व्हाइट हाउसमा हमला गर्ने धम्की दिँदै गरेको देख्न सकिन्छ । यी आतंकवादीले पहिला पनि ब्रिटेन र अमेरिकामा आक्रमण गर्ने धम्की दिएका थिए ।

भिडियोमा के–के भनिएको छ ?
भिडियोमा आईएस आतंकवादी भन्छ– ‘हामीले तिमी(पेरिस)बाट शुरुआत गरेका छौं र हामी व्हाईट हाउसमाथि हमला गरेर यसको अन्त्य गर्नेछौ । हामी व्हाईट हाउसलाई बलमे उडाउने छौं । जसरी हामीले यहाँ(पेरिस)मा उडाएका थियौं ।’ भिडियोमा देखिने अर्का आतंकवादी लडाकूले अमेरिकी राष्ट्रपति बराक ओबामा र फ्रान्सका राष्ट्रपति फ्रान्स्वा ओलान्दलाई धम्की दिँदै भने– ‘हामी आफ्नो आत्मघाती पेटिहरु र कार बमले तिमीहरुलाई उडाउने तयारीमा छौं । तिमीहरु जहाँ पनि जानेछौं, हामी तिमीहरुको पीछा छाड्ने छैनौं ।’

पहिला पनि दिइएको थियो धम्की
आईएसले यो भन्दा पहिला जारी गरेको एक भिडियोमा न्यूयोर्क सिटीमा पनि हमला गर्ने धम्की दिएको थियो । धम्कीपछि पेरिस अमेरिकी सुरक्षा अधिकारीले पुरै सतर्कता अपनाएका छन् । (एजेन्सीको सहयोगमा)