१२ कार्तिक २०८३, बिहिबार

सर्लाहीको बरहथवामा ट्रकमा आगजनी

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Truck-Ma-Aagjani-Birganja-Nमहोत्तरी, ४ मङ्सिर । सर्लाहीको बरहथवामा गएराति अज्ञात समूहले एउटा ट्रकमा आगजनी गरेको छ ।

राति १२ बजेको समयमा बरहथवाबाट काठमाडाँैतर्फ सख्खर लोड गरी लैजाँदै गरेको अवस्थामा स्थानीय चोरनिया पुलमा अज्ञात समूहले ना ४ ख ५९८३ नम्बरको ट्रकमा आगजनी गरेको हो ।

आगजनीबाट गाडीको अगाडिको भाग पूर्णरुपमा जलेर नष्ट भएको इलाका प्रहरी कार्यालय बरहथवाले जनाएको छ । समयमै स्थानीयवासी र प्रहरीको टोलीले आगो नियन्त्रणमा लिएपछि थप क्षति हुनबाट जोगिएको प्रहरी निरीक्षक हेमन्तविक्रम राणाले बताउनुभयो ।

आगजनी गर्ने समूहको खोजी कार्य तीव्रगतिमा भइरहेको प्रहरी निरीक्षक राणाले जानकारी दिनुभयो । समयमा नै आगो नियन्त्रणमा आएपछि गाडीको पछाडि लोड गरिराखिएको सख्खर भने क्षति हुनबाट जोगिएको छ । रासस