१ कार्तिक २०८३, शनिबार

मोरङको पहाडी क्षेत्र वारङ्गीमा जनश्रमदानबाट दश किलोवाट विद्युत् उत्पादन

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

bulb light nepalपथरी (मोरङ), ४ मङ्सिर । देशमा ऊर्जा सङ्कट भइरहेको बेला मोरङको पहाडी क्षेत्र वारङ्गी गाविसका स्थानीयले जनश्रमदान र वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रको सहयोगमा दश किलोवाट विद्युुत् उत्पादन गरेका छन् ।

जिल्ला विकास समितिका ऊर्जा अधिकृत ज्ञानेन्द्र सिंहका अनुसार वैकल्पिक ऊर्जा प्रवर्धन केन्द्रले रु १३ लाख ५० हजार, जिविसको रु सात लाख र स्थानीय वासिन्दाको रु ४३ लाख रकम जम्मा रु ६३ लाखको लागतमा परियोजना सञ्चालनमा ल्याएको हो ।

वारङ्गीका वासिन्दले प्रत्येक घरबाट रु ११ हजार ५०० सङ्कलन गरी स्थानीय तक्चुुवा खोलाबाट १० किलोवाट विद्युुत् उत्पादन गरेका हुन् । एक सय तीस घरधुुरीलाई विद्युुत् पुुग्न सक्ने सो परियोजनाबाट पहिलो चरणमा अहिले वडा नम्बर–९ का ५० घर परिवारलाई विद्युुत् उपलव्ध गराइएको छ ।

स्थानीय उपेन्द्र विकले आफ्नो गाउँमा बिजली बल्ला भनेर कहिले नसोचेको तर बिजुली बालेर गाउँ नै झलमल्ल भएपछि आफ्नो खुुशिको सीमा नरहेको बताउनुभयो ।

विद्युुत् पुुग्न नसकेका ठाउँमा जलविद्युत् आयोजनाका लागि सरकारले अनुुदानको व्यवस्था मिलाएको वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रका अधिकृत प्रकाश अर्यालले जानकारी दिनुुभयो । रासस