१२ कार्तिक २०८३, बिहिबार

हिउँ परेपछि तिङ्कर सीमा प्रहरीचौकी विस्थापित

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Tinkarभीमदत्तनगर, ४ मङ्सिर । अत्यधिक हिउँ परेसँगै चिसो बढेपछि दार्चुलाको उच्च हिमाली भेग तिङ्करमा रहेको सीमा प्रहरी चौकी केही समयका लागि सरेको छ ।

चौकीमा कार्यरत प्रहरी सितापुल प्रहरी चौकीमा आएर आश्रय लिइरहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ । ‘हरेक वर्ष जाडोमा प्रहरी चौकी तल झर्छ ।’ जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रमुख प्रहरी नायव उपरीक्षक सुशील सिंह राठौरले भन्नुभयो, “चिसो बढेकाले सितापुलमा रहेको प्रहरी पनि ब्यासको दुम्लिङ्गमा सर्छ ।”

उहाँले तिङ्कर चौकीका १२ जना प्रहरीको टोली अहिले सितापुल आएको बताउनुभयो । ‘जाडोले बस्न नसक्ने अवस्थामा पुगेपछि गाउँलेसँगै प्रहरी पनि तल झर्छ ।’ प्रहरी नायव उपरीक्षक राठौरले भन्नुभयो, ‘वैशाखदेखि कात्तिकसम्म मात्रै त्यहाँ बस्न सकिन्छ ।’

त्यसैगरी, ब्यास गाविसको तिङ्कर र छाङरु गाउँका स्थानीय पनि चिसोका कारण सदरमुकाम खलङ्गा बसार्इँ सरिरहेका छन् । तिङ्कर र छाङरुका गरी डेढ सय परिवार यो समयमा खलंगा लगायतका अन्य ठाउँमा आएर बस्ने गर्दछन् । रासस