३० आश्विन २०८३, शुक्रबार

पेरिस हमलाका मुख्य योजनाकार मारिए

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Abaaoud

काठमाडौं, ४ मंसिर । फ्रान्सको राजधानी पेरिसको उत्तरी भागमा प्रहरीले आतंकवादीहरु विरुद्ध ठूलो कारबाही गरेको छ।

फ्रान्सको राजधानी पेरिसको उत्तरी भागमा रहेको सेन्ट डेनिस क्षेत्रमा सशस्त्र प्रहरीले गरेको कारबाहीका क्रममा आफ्नै शरीरमा जडीत बम पड्काई आत्मघाती विष्फोट गराएकी एक महिला सहित दुई संदिग्धको मृत्यु भएको छ।

थुप्रै जना व्यक्तिलाई गिरफ्तार गरिएको छ। पछि एउटा सम्बोधन गर्दै फ्रान्सका राष्ट्रपति फ्रान्सवां ओलांडले सुरक्षाकर्मीको प्रशंसा गरे र आई एसका विरुद्धको लडाईंमा विश्वभरबाट सहयोगको आह्वान गरे।

गत शुक्रबारको हमलासंग जोडीएको उक्त घटनामा प्रहरीले एक फ्ल्याटमा कारबाही गरेको थियो।

थुप्रै विष्फोट तथा गोलाबारीका आवाज आएका थिए। सात जनालाई पक्राउ गरिएको विवरण प्राप्त भएका छन्।

फ्रान्सका प्रहरी तथा सेनाले १२९ जनाको ज्यान जाने गरी गत साता भएका आक्रमणका संदिग्ध योजनाकारलाई समाउन पेरिसमा कारवाही गरे।

उनीहरुले सेन्ट डेनिस नगर क्षेत्रलाई घेरामा राखेका छन्। त्यहाँ जाने सडकहरु बन्द गरिएका छन्। कारवाहीमा थुप्रै प्रहरी घाईते भएको बताइन्छ।

कारवाहीको मुख्य निशाना ठानिएका मोरोक्को मूलका बेल्जियन नागरिक अब्देलहमीद अबाउदले शुरुमा सिरियाबाट आक्रमणको योजना बनाएको विश्वास गरिएको थियो तर अहिले भने अभियोजनकर्ता फ्रान्स्वां मोलांले उनी प्यारिसमै भएको भन्दै छन।

उनी सोही फ्ल्याटमा लुकेको आशंकामा प्रहरीले कारबाही गरेको बताइएको छ।

तर उनी अझै वेपत्ता हो की होइन भन्ने स्पष्ट भइसकेको छैन।

फ्रान्सका राष्ट्रपति फ्रान्सवां ओलांडले ईस्लामिक स्टेटका लडाकु पुरै विश्वका लागि नै खतरा भएको भन्दै आई एसका विरुद्ध लड्नका लागि फ्रान्सले बृहत्तर गठबन्धन खोज्ने बताए । (बीबीसीबाट)