बुटवल, ४ मंसिर । नेपाल आयल निगमको भलबारी डिपोबाट तेल बोकेर काठमाडौंका लागि हिडेको ट्याङ्कर नवलपरासीमा प्रहरीले नियन्त्रणमा लिएको छ ।
रुपन्देहीस्थित भलवारी डिपोबाट चलान भएको ना४ख ७१४५ नम्बरको ट्याङ्करलाई नवलपरासी प्रहरीले बिहीबार नियन्त्रणमा लिएको रुपन्देहीका प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद ढकालले जानकारी दिनुभयो ।
उहाँका अनुसार डिजेल पठाउने विषयमा डिपोले स्थानीय प्रशासनसँग समन्वय नगरेको पाइएको छ ।
साथै डिपो प्रमुखको गतिविधि पनि शङ्कास्पद देखिएकाले ट्याङ्कर नियन्त्रणमा लिइएको उहाँले बताउनुभयो । प्रजिअ ढकालका अनुसार प्रहरीले नियन्त्रणमा लिएर उक्त ट्याङ्कर भलवारी डिपोमा नै फिर्ता ल्याइएको छ ।
ट्याङ्कर निगमका महाप्रबन्धक गोपालबहादुर खड्काको लिखित निर्देशनमा आफूले काठमाडौंका लागि पठाएको निगमका भलवाडी डिपोका प्रमुख दिनेश यादवले जानकारी दिनुभयो । रासस















प्रतिक्रिया