६ कार्तिक २०८३, शुक्रबार

लैनचौरमा भारतीय राजदूतको आपत्तिजनक गतिविधि

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

ranjit reaकाठमाडौं, ४ मंसिर । अत्यावश्यक स्वास्थ्य सेवासमेत प्रभावित हुने गरी भारतले लगाएको नाकाबन्दीको सर्वत्र आलोचना भइरहँदा भारतीय दूतावासले औषधि र उपकरणको सहज आपूर्तिका लागि पहल गर्ने आश्वासन दिएको छ ।

राजधानीको सांग्रिला होटलमा बुधबार भारतीय दूतावासले आयोजना गरेको ‘अफ द रेकर्ड’ अन्तर्क्रिया सहभागी केही प्रभावशाली चिकित्सकले ‘मान्छे मार्ने कामसमेत भारतको नाकाबन्दीबाट भएको’ बताएपछि नेपालका लागि भारतीय राजदूत रणजित रेले औषधि र उपकरणका लागि रोक नलगाउने आश्वासन दिएको अन्नपूर्ण पोष्ट दैनिकले छापेको छ ।

स्रोतका अनुसार अन्तरक्रियामा सहभागी मानवअधिकारकर्मी पद्मरत्न तुलाधरले भारतबाट पूर्ण रूपमा नाकाबन्दी लगाउनुपर्ने र केही पनि नेपाल छिर्न दिन नहुने भन्दै राजदूतलाई आग्रह गरेपछि त्यहाँ उपस्थित डा। भगवान कोइराला आक्रोशित भएका थिए ।

त्यति नै बेला मधेसी जनताका तर्फबाट सहभागी पूर्वराजदूत विजय कर्णले मधेसीलाई अन्तर्राष्ट्रिय विमानस्थलमा अपमानजनक व्यवहार गरिएको आरोप लगाएका थिए ।