१२ कार्तिक २०८३, बिहिबार

मानव बेचविखन रोक्न बनबासामा नेपाल-भारतका अधिकारीको कार्यशाला

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Ssb-Indian (1)

– डम्मर राज भट्ट
महेन्द्रनगर, ३ मंसिर । नेपाल–भारतको सीमा क्षेत्रमा कार्यरत संघ संस्थाहरुका लागि तीन दिने कार्यशाला भारतको बनबासामा सुरु भएको छ ।

मानव बेचविखन रोक्न दुई देशका संघ संस्थाहरुका लागि बनबास पुलको पूर्वि किनारमा रहेको एसएसबीको क्याम्पमा कार्यशालाको आयोजना गरिएको हो । बिहीबारदेखि सुरु भएको कार्यशालामा एसएसबीका डिआईजी केपी सिंहले मानव बेचविखनका विषयमा जानकारी दिएका छन् ।

Ssb-Indian (3)

उनले नेपालमा २०७२ साल बैशाख १२ गते आएको महाभूकम्पपछि बढेको मानव बेचविखन तथा तस्करी रोक्न एसएसबी सतर्क अवस्थामा रहेको बताए । दुई देशका सुरक्षा अधिकारी तथा सीमा क्षेत्रमा मानव बेचविखन विरुद्ध काम गर्ने संघ संस्थासँग सहकार्य गरेर एसएसबीले काम गरिरहेको उनले बताए ।

कार्यशालामा नेपालबाट माइती नेपाल, थ्रिएन्जल नेपाल, केआई नेपाल तथा भारतका मानव बेचविखनमा कार्यरत संघ संस्थाका प्रतिनिधि सहभागि रहेका छन् । कार्यशाला तीन दिनसम्म चल्ने जनाएको छ । माइती नेपालकी संयोजक महेश्वरी भट्टले मानब तस्करीको बारेमा जानकारी दिएको थियो ।

यसैबीच पेरिसमा भएको आतंकारी हमलापछि भारतलाई पनि धम्की आएकोले सीमा क्षेत्रमा सुरक्षा व्यवस्था कडा गरिएको एसएसबीले जनाएको छ । भारतको गृह मन्त्रालयको निर्देशनमा कञ्चनपुरसँग सीमा जोडिएका भारतीय नाकाहरुमा सुरक्षा व्यवस्था कडा पारिएको डिआईजी सिंहले बताए ।
Ssb-Indian (2)