३० आश्विन २०८३, शुक्रबार

नायिका जल शाह ‘साल्ट लेक सिटी च्याप्टर’को अध्यक्ष

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Jal Shah1काठमाडौँ । नेपाली अमेरिकन कलाकार सङ्घ, नर्थ अमेरिकाको ‘साल्ट लेक सिटी च्याप्टर’ अध्यक्षमा नायिका जल शाहलाई मनोनीत गरिएको छ ।

लामो समयदेखि नेपाली चलचित्र क्षेत्रमा योगदान दिनुभएकी नायिका शाहलाई भर्खरै बसेको सङ्घको बोर्ड बैठकले सर्वसम्मतरुपमा अध्यक्षमा मनोनीत गरेको ‘मिडिया संयोजक’ विमल डाँगीले जानकारी दिनुभयो ।

कलाकार सङ्घद्वारा आयोजित कार्यक्रममा ‘न्युयोर्क च्याप्टर’ संयोजक यम बरालले शाहलाइ प्रमाणपत्र प्रदान गर्नुभयो ।

नवनियुक्त अध्यक्ष शाहले सङ्घलाई आफूले अझ विस्तार गरेर विदेशमा रहेका नेपाली कलाकारको पक्षमा काम गर्ने बताउनुभयो । रासस