काठमाडौं, ३ मंसिर । यस सिटी एक्सप्रेस मनी ट्रान्सफरको आफनो ९ औ वर्षगाठको अवसरमा यस संस्थाको संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत यस पवित्र एवं धार्मिक स्थल पशुपतिनाथ परिसरमा नमुना सार्वजनिक शौचालय निर्माण सम्पन्न गरी आज एक समारोहकाबीच उक्त निर्माण सम्पन्न नमुना सार्वजनिक शौचालय यस पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा. गोविन्द टन्डन लाई हस्तान्तरण गरेको छ ।
उक्त नमुना सार्वजनिक शौचालयको समुदघाटन पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा. गोविन्द टन्डन बाट आज औपचारिक कार्यक्रम गरी उदघाटन गरियो ।
स्मरण रहोस आज विश्व शौचालय दिवस पारेर उक्त क्षेत्रमा आउने धार्मिक तथा आस्थावान श्रद्वालु भक्तजन एवं विदेशी पाहुनाहरुलाई पनि मध्यनजर गरी उक्त नमुना सार्वजनिक शौचालय निर्माण गरिएको जानकारी यस सिटी एक्सप्रेस मनी ट्रान्सफरका प्रबन्ध निर्देशक चन्द टण्डनले गराए ।
















प्रतिक्रिया