१२ कार्तिक २०८३, बिहिबार

भैरहवामा फेरि कर्फ्यू लगाइयो

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

bhairahawa-jhadap (3)

भैरहवा, ३ मंसिर । रुपन्देहीको भैरहवामा आजदेखि फेरि निषेधाज्ञा(कर्फ्यू) जारी गरिएको छ ।

तीन महिनादेखि निरन्तर लाग्दै आएको कर्फ्यू यसअघि तिहार एवं छठ पर्वलाई लक्षित गर्दै कात्तिक २५ गतेदेखि खुकुलो बनाईएको थियो । तर, सुरक्षा सम्वेदनशीलता भन्दै स्थानीय प्रशासनले विहीबारबाट भैरहवा नगर क्षेत्रमा कर्फ्यू जारी गरेको हो ।

रुपन्देहीका प्रहरी प्रवक्ता डीएसपी रामेश्वर कार्कीले आन्दोलनको नाममा अनियन्त्रित व्यक्ति वा समुहले हिंसात्मक कार्य गरि निजी तथा सार्वजनिक सम्पत्तिको तोडफोड गरी अशान्ति मच्चाउन सक्ने भन्दै सुरक्षा सम्वेदनशीलतालाई मध्यनजर गर्दै बिहीबार बिहानदेखि आगामी बुधवार साँझ ६ बजेसम्मको लागि करफ्यू लगाइएको जानकारी दिनुभयो ।

उहाँका अनुसार भैरहवादेखि पूर्वमा बसन्तपुर गाविसको वाईपास सडक, पश्चिममा गौतमबुद्ध विमानस्थल अगाडी मायादेवी चोक, उत्तरमा नेपाल विद्युत प्राधिकरणको कार्यालय र दक्षिणमा बेलहिया भन्सार कार्यालय अगाडीको मुल ढाट र सो क्षेत्रका राजमार्गको दायांवायां तिनसय मिटर क्षेत्रसम्म निषेधाज्ञा जारी गरिएको हो ।