१ कार्तिक २०८३, शनिबार

झापामा उत्तरी गाविस जोडने चक्रपथ निर्माण हुँदै, स्थानीयबासी उत्साहित

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

chakrapath sadak btm (6)

– राजकुमार ओली
झापा, ३ मंसिर । झापाको मध्य भागका उत्तरी गाविसलाई जोडने चक्रपथ निर्माण हुने भएसगै उत्तरी झापाका जनतामा उत्साहीत भएका छन ।

सासँद प्रेम गिरीको सकियतामा सासँद विकास कोष अन्तर्गत विर्तामोड पुर्व देउनिया पुल हुदै शनिश्चरे बुधवारे खुदुनावारी अर्जूनधारा हुदै जामुनखाडी भएर सुरुगामा जोडिने सडक निर्माण हुने भए पछि झापावासीहरु हौसिएका हुन ।

पुर्वाञ्चल क्षेत्रिय सडक डिभिजन कार्यलय दमकको प्रमुख इन्जिनियर राजेन्द्र शाहको विषेश उपस्थितीमा सासँद प्रेम गिरीले एक कार्यक्रमका विच विर्तामोड देउनिया पुल हुदै शनिश्चरे बुधवारे खुदुनावारी अर्जूनधारा हुदै जामुनखाडी भएर सुरुगामा जोडिने सडकको शिलान्यास गरिएपछि उत्तरी झापाका जनता को खुसीको सिमा नाघेको छ ।

पुर्व पश्चिम राजमार्गको उत्तरी झापाको क्षेत्रलाइ समेट्दै निर्माण गर्न लागिएको यो विर्तामोड देउनिया बुधवारे खुदुनावारी, सुरुगा चक्रपाथ सडकले कृर्षि योग्य क्षेत्रका जनतालाइ राहत मात्रै मिल्दैन लामो समय देखि शहिद रगतले पोतिएको यो क्षेत्रको विकास निर्माणमा समेत निकै सफलता मिल्ने देखिएको छ ।

झापा विद्रोहका शहिद हुँदै एक दर्जन अन्य शहिदको स्थायिन क्षेत्र समेत समेटदै यो सडक बन्ने भएको हो ।

चक्रपथ निर्माण हुने भएसगै टोल टोलमा सडकलाइ सहयोग तथा निगरानी समुह समेत निर्माण गरिएको छ । निर्माण गरिएको समुहले सडकको अनुगमन गर्ने तथा निर्माण कम्पनीलाइ सहयोग र खवरदारी गरिरहने योजना बनाएको तत्कालिन शानिश्चरे गाविसको अध्यक्ष तथा नेकपा एमालेका ४ नम्वर क्षेत्रीय अध्यक्ष हरि राना मगरले बताए ।

२५ किलोमिटर लामो यो सडक, भित्री सडक भएको र लामो भएको जानकारी दिदै पुर्वाञ्चल क्षेत्रिय सडक डिभिजन कार्यलय दमकको प्रमुख इन्जिनियर राजेन्द्र शाहले यो आर्थिक वर्ष मा ६किलोमिटर सम्म कालोपत्रे गरिने र ठेक्का लगाइसकिएको साथै समयमा काम सम्पन्न हुनेमा आफु आशाबादी भएको बताए । अगामी ३ वर्ष भित्रमा यो सडकलाइ कालो पत्र गरिने समेत शाहले बताए ।