१ कार्तिक २०८३, शनिबार

मधेसी नेताहरुले भारतसामू भने- नेपालको तराई क्षेत्र ‘भारतकै भूमि’ हो (नयाँ खुलासा)

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Amar-Ujala-1काठमाडौं, ३ मंसिर । तीन महिनादेखि चलिरहेको मधेस आन्दोलनका भित्रि रहस्य एक पछि अर्काे गरी खुल्दै गइरहेका छन् ।

यसैक्रममा मधेस आन्दोलनको अर्काे रहस्य खुलेको छ । उक्त खुलासा भारतको चर्चित पत्रिका अमर उजालाले गरेको छ । मधेसी मोर्चालाई उद्धृत गर्दै अमर उजालाले लेखेको छ- मधेसी नेताहरुले भारतसामू नेपालको तराई क्षेत्र भारतकै भूमी भएको र सहयोग गर्न आग्रह गरेका छन् ।

भारतीय भूमी भन्दै उनीहरुले मधेसको रक्षा गर्न भारतसँग थप सहयोग माग गरिएको समाचारमा उल्लेख छ । नेपालको पूर्वदेखि पश्चिमसम्मको भूभाग अंग्रेजले १८६० मा भारतबाट टुक्रयाएर नेपाललाई दिएको भन्दै उनीहरुले मधेस भारतकै संरक्षणमा हुनुपर्ने बताएको समाचारमा उल्लेख छ ।

यसअघि मधेसी मोर्चाका नेता एवं सदभावना पार्टीका अध्यक्ष राजेन्द्र महताले अमर उजाला पत्रिकासँगै भारतविना नेपालले सांस पनि फेर्न नसक्ने भनेर अभिव्यक्ति दिएका थिए ।

हेर्नुस् भारतीय पत्रिका अमर उजालमा बुधबार प्रकाशित समाचारः

Amar-Ujala