६ कार्तिक २०८३, शुक्रबार

सरकारद्धारा आजदेखि नि:शुल्क बस सेवा सुरु, कहाँ कहाँबाट बस चल्छन्

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

busकाठमाडौं, ३ मंसिर । सरकारले बिहीबारदेखि सरकारी कर्मचारी बोक्ने बसलाई बिरामीलगायतका अन्य सर्वसाधारणका लागि निस्शुल्क रूपमा सञ्चालन गर्ने भएको छ ।

चारवटा सरकारी बस सर्वसाधारणका लागि बिहान ११ बजेदेखि साढे २ बजेसम्म मात्रै सञ्चालन हुनेछन् ।

सामान्य प्रशासन मन्त्रालयले एकीकृत परिवहन सेवाअन्तर्गत कर्मचारी बोक्न प्रयोग गरिने बस बिहीबारदेखि बिरामी तथा सर्वसाधारण बोक्ने कार्यमा समेत प्रयोग गर्न लागेको जनाएको नयाँ पत्रिका दैनिकले छापेको छ ।

मन्त्रालयका प्रवक्ता राजेन्द्रकुमार पौडेलले चारवटा गाडी बिरामी तथा सर्वसाधारण बोक्न प्रयोग गरिने जानकारी दिए । प्रवक्ता पौडेलले जनताका लागि सञ्चालन गर्न लागिएको निःशुल्क बस सेवाको सदुपयोग गर्न बिरामी तथा सर्वसाधारण जनतालाई आह्वान गरे ।

यस्तो छ रुट

रुट नं १ः पाटन अस्पतालबाट सातदोबाटो, कोटेश्वर, भक्तपुर क्यान्सर अस्पताल हुँदै पुनः पाटन अस्पताल

रुट नं. २ः प्रसूतिगृह, वीर अस्पताल हुँदै टिचिङ अस्पताल महाराजगन्ज र सहिद गंगालाल अस्पतालसम्म पुगेर पुनः प्रसूतिगृह फर्कने

रुट नं. ३ः सिंहदरबारबाट सिनामंगल, गौशाला, चाबहिल हुँदै महाराजगन्ज चक्रपथ र सहिद गंगालाल पुगेर पुनः सिंहदरबार फर्कने

रुट नं. ४ः निजामती अस्पतालबाट सहिदगेट, त्रिपुरेश्वर, कालिमाटी हुँदै कलंकी पुगेर पुनः सोही रुट निजामती अस्पताल फर्कने