१ कार्तिक २०८३, शनिबार

इन्धनको बिक्रीलाई पारदर्शी बनाइएको छ : निगम

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Nepal-Oil-Corporation-Thankकाठमाडौँ, २ मङ्सिर । नेपाल आयल निगमले इन्धनको समानुपातिक बिक्री वितरण पारदर्शीरुपमा सञ्चालन गरेको दाबी गरेको छ ।

निगमबाट उपलब्ध हुने ग्यास, पेट्रोल, डिजेल र हवाई इन्धनको बिक्री वितरणमा कुनै पनि समस्या नरहेकाले पारदर्शीरुपमा बिक्री तथा वितरण भएको जनाएको हो ।

निगमका नायब कार्यकारी अधिकृत सुशील भट्टराईले आज  निगमले बजारमा पठाएको इन्धन वितरणमा कुनै पनि समस्या नरहेको दाबी गर्नुभयो । उहाँले निगम थोक विक्रेता भएकाले पेट्रोल पम्प र अन्य क्षेत्रमा आएका इन्धनको वितरणबारे निगमलाई जानकारी नभएको स्पष्ट पार्नुभयो ।

उहाँले भन्नुभयो, “बजारमा भइरहेका खुद्रा व्यापारका विषयमा निगम जिम्मेवार छैन, यदि पम्पले बदमासी गरेका छन् भने तीनलाई तुरुन्त कारबाही हुन्छ ।”

सरकारले कात्तिक २ गते राजपत्रमा सूचना प्रकाशित गरेर जो कसैलाई पनि इन्धन आयात गरेर बिक्री गर्ने अधिकारको दुरुपयोग गर्दै केही व्यक्ति तथा विक्रेताले कालोबजारी गरेको बुझिएको छ ।

इन्धनमा आपूर्तिमा आउने कठिनाइलाई दीर्घकालीनरुपमा समाधान गर्न भारतको सरकारी आयल निगमका साथै त्यहाँका निजी कम्पनी र अन्य देशसँग इन्धन कारोबारको ढोका खोल्नुपर्ने कार्यकारी अधिकृत भट्टराईको भनाइ छ । रासस