१ कार्तिक २०८३, शनिबार

‘सरकारले मधेसी मोर्चासँग वार्ता होइन्, तराईमा सेना परिचालन गर्नुपर्छ’

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Narayanman-Bijukcheकाठमाडौं, २ मंसिर । दुई महिनादेखिको मधेस आन्दोलन वार्ताबाट पनि समाधान हुने नदेखिएपछि सेनाको परिचालन गर्नुपर्ने प्रस्ताव अघि सारिएको छ ।

वर्तमान सरकारलाई समर्थन गरेको नेपाल मजदुर किसान पार्टीले तराईमा सेना परिचालन गर्नपर्नेमा जोड दिएको हो । मंगलबार रफत सञ्चार क्लबले आयोजना गरेको साक्षात्कारमा उच्चस्तरीय राजनीतिक संयन्त्रका सदस्य समेत रहेका नेमकिपा अध्यक्ष नारायणमान विजुक्छेले तराईमा सेना परिचालन गर्नुपर्ने बताउनुभएको हो ।

जनताबाट पराजित भएका जमिन्दारहरुले तराई मधेसमा आन्दोलन गरेको र भारतबाट आएका गुण्डाहरुले तराई मधेसका नेपाली जनतालाई दुःख दिएकाले वार्ता हुनैनसक्ने भन्दै सैनिक परिचालन नै अन्तिम विकल्प भएको विजुक्छेको भनाई छ । उहाँले भन्नुभयो- ‘तराई क्षेत्रबाट हटाइएको प्रहरी चौकीको विस्तार गर्नुपर्छ र नेपाली सैनिकको समेत परिचालन गर्नुपर्छ ।’

मधेस आन्दोलनका नेतृत्वसँग हुने वार्ता नेपालका लागि घातक सावित हुने विजुक्छेको दाबी छ । एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेपाली राजनीतिमा सबैभन्दा कमजोर नेता भएको उहाँको विश्लेषण छ ।