१ कार्तिक २०८३, शनिबार

भारतीय नाकाबन्दीविरुद्ध बोल्यो जापान, काठमाडौंमा निकाल्यो विज्ञप्ति

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

SKOREA-CHINA-JAPAN-DIPLOMACY

काठमाडौँ, २ मङ्सिर । जापानले भारतको नाकाबन्दीले इन्धनलगायत अत्यावश्यक सामग्रीको अभावले नेपालीको दैनिक जीवनमा प्रतिकूल प्रभाव परेकोमा गम्भीर चिन्ता र चासो व्यक्त गरेको छ ।

उक्त मुलुकले इन्धन अभावका कारण भूकम्प प्रभावितलाई सहयोग गर्ने अन्तर्राष्ट्रिय एवम् स्थानीय गैरसरकारी संस्थाले प्रभावकारी रुपमा मानवीय गतिविधि सञ्चालन गर्न नसकेका पनि बताएको छ ।

यहाँस्थित जापानी राजदूतावासले आज एक विज्ञप्ति जारी गरी पारस्परिक सहयोग र समझदारीमा शान्तिपूर्ण ढङ्गले अहिलेको कठिन अवस्थाको अन्त्य गर्न सम्बद्ध सबै पक्षलाई सुझाएको छ ।

“भूकम्पपछिको उत्तम पुनर्निर्माणको नेपालको प्रयासमा जापानले सक्रिय रुपमा निरन्तर सहयोग गर्नेछ,”-विज्ञप्तिमा भनिएको छ । रासस